सि.इ.एस. उपभोक्ता टेक्नोलोजी संघद्वारा आयोजित वार्षिक ट्रेड शो हो । संयुक्त राज्य अमेरिकाको नेन्वाडा विन्चेस्टरको लास भेगास कन्भेन्सन सेन्टरमा जनवरीमा आयोजित यस कार्यक्रममा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा नयाँ उत्पादन र टेक्नोलोजिहरु प्रस्तुत गरिएको थियो ।
सन् २०२१ सि.इ.एस. को डिजिटल प्रतियोगिता अन्तर्गत धेरैजसो अवार्डहरु एलजी इलेक्ट्रोनिक्सले हात पारेको छ । प्रविधिको उधोगहरुकालागी यो एक मुख्य निर्णायिक श्रेणी मानिन्छ । यस सि.इ.एस.मा १० हजार भन्दा बढी उत्पादनकर्ताहरुको सहभागिता रहेको थियो । यस विशेष कार्यक्रममा आफ्ना घरयासी सामानहरु, मनोरंजन, आइ टि र मोबाइल विधामा १९० भन्दा बढी पुरस्कारहरुबाट सम्मानित भएको छ ।
एलजीलाई यो पहिचान र सम्मान Engadget को Best of CES अवार्ड (सि.इ.एस.को आधिकारिक अवार्ड कार्यक्रम) ले दिलाएको हो । टिभीको श्रेणीमा LG OLED ले लगातार सातौ वर्षमा पनि अवार्ड हात पाऱ्यो भने उत्कृस्ट फोन तथा मोबाइल डीभाइसमा LG Rollable स्मार्ट फोनले उपाधिहरु हासिल गऱ्यो । त्यसै गरी एलजीको नयाँ Instaview Door-in-Door Refrigerators ले घरयासी सामानहरुको विधामा अवार्ड हात पाऱ्यो ।
प्रविधिमा नवीनताका लागी CTA को आधिकारिक अवार्ड कार्यक्रममा एलजीले सिइएस इननोवेशन अवार्डहरु पनि हासिल गरेको छ । उक्त अवार्डहरु LG को C1 OLED TV र InstaView Thin Refrigerator लाई प्रदान गरिएको एलजी कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया