दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ ।
स्थानीय संचारमाध्यमहरुले हृदयघातका कारण उनको निधन भएको जनाएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । सन् २००५ देखि ला रियोजा प्रान्तबाट उनी सिनेट सदस्य पनि रहेका थिए ।
राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्व राष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्व राष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैव प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहेका अभिव्यक्ति दिएको सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया