नेपाली शारीरिक सुगठनको प्रतियोगिता सम्पन्न

नेपाली शारीरिक सुगठनको प्रतियोगिता सम्पन्न


10634140_897165786979084_1515840943_nफार्नबोरोह । यूकेएनएफबीएफको आयोजनामा गत आइतबार फार्नबोरोहको स्यामुयल कोडी कलेजमा दोस्रो शारीरिक सुगठन प्रतियोगिता अति भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम सञ्चालन यूकेएनएफबीएफका मुख्य संयोजक भीम महेन्द्र गुरुंगका साथमा लक्ष्मी थापा राई र सूर्य गुरुंगले संयुक्त रुपमा गरेका थिए । नेपालबाट मिस्टर नेपाल सानु गुरुंगलाई प्रमुख प्रशिक्षक र प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । उनको प्रशीक्षणमा ८ जना प्रतिष्पर्धीहरुलाई प्रतियोगितामा उभ्याइएको थियो । साथै, यूकेएनएफबीएफ का किशोर गुरुंग, मिस्टर यूके नेपाल(२०१३) सुक गुरुंग, झलिन्द्र राई र नरभुतांग राईले सहायक प्रशिक्षकको रुपमा साथ दिएका थिए ।
सातजना प्रतिष्पर्धीहरुलाई उछिन्दै विशन गुरुंगले यो वर्षको शारीरिक सुगठनको प्रतियोगितामा प्रथम स्थानको उपाधि जित्न सफल भएका थिए, उनलाई यो वर्षको मिस्टर यूके नेपालको उपाधिका साथै यूके नेपाल फेडेरेशन अफ बडी बिल्डिंग एण्ड फिटनेसले आयोजना गरेको आठ सय पाउण्ड र ट्रफी, प्रमाणपत्रका साथै खादा ओढाई सम्मान गरिएको थियो । त्यस्तै दोस्रो स्थान र बेस्ट पोजरको टाइटल जित्ने लाल कुँवरले पाँच सय पाउण्ड, ट्रफी र प्रमाणपत्र हात पारेका थिए, जसको प्रायोजन संयुक्त रुपमा गैरआवासीय नेपाली संघका सहअध्यक्ष महेन्द्र कँडेल, लण्डन गोर्खा तेक्वान्दोका प्रमुख मास्टर ह्यारी गुरुंग र प्रशीक्षक तथा यूकेएनएफबीएफका कोषाध्यक्ष चन्द्र सुनारले गरेका थिए, उनलाई खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै तेस्रो स्थानमा विजयी हुने शुकदेव कार्कीले तीन सय पाउण्ड, ट्रफीलगायत प्रमाणपत्र प्राप्त गरेका थिए, जसको प्रायोजन, सो कार्यक्रमका प्रमुख संयोजक भीम महेन्द्र गुरुंगले गरेका थिए । ५३ वर्षीय रिटायर्ड क्याप्टेन उमेश पुनले यस उमेरमा पनि सो प्रतियोगितामा भाइ लिई स्वास्थ्य नै धन हो, जसलाई उमेरको हदवन्दी हुँदैन भनेर उदाहरण देखाएका थिए, जसलाई निक्कै सम्मानपूर्वक लिइएको थियो सहभागिताहरुबाट ।
आयोजक कमिटिले यूकेएनएफबीएफका क्यालिफाइड जजहरु लाइजेल स्मार्ट र फिल ब्राउनलाई आमन्त्रण गरी तिनले स्वच्छ किसिमले निर्णय गरेबापत खादा ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा नृत्य तथा गायनको प्रस्तुत पनि गरिएको थियो । त्यस्तै मिस यूके नेपाल प्रतियोगिताका प्रतिष्पर्धीहरुले आआफ्नो पहिरनका साथ -याम्पमा क्याटवाक गरेका थिए । प्रतियोगिताको सो 10581356_897266416969021_754687733_nकार्यक्रममा गैरआवासीय नेपाली संघका सहअध्यक्ष महेन्द्र कँडेल, उपाध्यक्ष सूर्य नेम्वांग, उपाध्यक्ष हिराधन राई, मेजर डम्बर बहादुर घले, तमू धिं यूकेका अध्यक्ष कमल गुरुंग, यूके एनटीएफका अध्यक्ष सुन्दर गुरुंग, ग्राण्ड मास्टर एन.जे. गुरुंग, हंगकंग नेपाली यूके मञ्चका अध्यक्ष ओम गुरुग, आयोजक कमिटिका अध्यक्ष शुक्रकुमार राई आदिका उपस्थिति रहेको थियो, तिनलाई खादा ओढाएर सम्मान व्यक्त गरिएको थियो ।
मिस्टर नेपाल तथा दुई पटक धर्मश्री विजेता सानु गुरुंग बडी बिल्डिंग पोज देखाउँदा सम्पूर्ण दर्शकहरुले उठेर उनलाई सम्मान दिएका थिए । अन्त्यमा कमिटिका अध्यक्ष शुक्रकुमार राईले आगन्तुक पाहुनाहरु, विजयी प्रतिष्पर्धीहरु, मिस यूके नेपालका प्रतिष्पर्धीहरुलगायत मिडिया अनि आफ्ना सहयोगीहरुलाई धन्यवाद आफ्नो मन्तव्यमा राखेर रातको नौ बजे उक्त कार्यक्रमको औपचारिक विसर्जन गरेका थिए ।

10602783_897266483635681_23203194_n

10617648_897165753645754_1383367972_n

10602836_897165760312420_511462907_n

10622266_897165743645755_2128870238_n

10634365_897165733645756_1279851763_n