नेपालकै सबैभन्दा ठूलो र नं.१ इलेक्ट्रोनिक्स् ब्राण्ड बन्न सफल सि.जी.ले आफ्ना रिटेलरहरूलाई मध्यनजर गरी हालै नारायणघाटस्थित द नारायण रिसोर्टमा एक भब्य कार्यक्रम गरी रिटेलर सम्मेलन सम्पन्न गरेको छ ।
१५० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा सि.जी.ले आफ्ना सम्पूर्ण साना घरायसी सामाग्रीहरुको प्रदर्शन गरि उक्त सामाग्रीहरूको बारेमा विस्तृत जानकारी पनि दिएको थियो । कार्यक्रममा सिजीद्वारा आफ्ना उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्ड वितरण गरि सम्मान समेत गरिएको थियो ।
आफ्ना रिटेलर महानुभावहरूलाई प्रोत्साहन गर्नका निम्ति सि.जी.ले विभिन्न किसिमका आकर्षक योजना पनि सोही कार्यक्रममार्फत घोषणा गरेको थियो ।
बजारमा सि.जी.का विभिन्न साना घरायसी सामनहरू, जस्तै– राइस कुकर, प्रेसर कुकर, मिक्चर ग्रिन्डर, वाटर डिस्पेन्सर, इन्डक्सन चुलो, ग्याँस चुलो, पङ्खा, हिटर, ओभनका साथै अरु थुप्रै सामानहरु नेपालभरि सहुलियत मूल्यमा उपलब्ध रहेको छ ।
आगामी दिनमा आफ्ना ग्राहक, डिलर, रिटेलरहरु माझ यस्तै विभिन्न कार्यक्रम गर्ने बारेमा पनि सि.जी.ले प्रतिबद्धता जाहेर गरेको थियो ।
प्रतिक्रिया