एलजीको विभिन्न मोडेल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा

एलजीको विभिन्न मोडेल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा


एलजी नेपालको सर्वाधिक तथा लोकप्रिय वासिङ मेसिन ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ ।

एलजीका विभिन्न मोडेलका वासिङ मेसिन रहेको छ । जसमध्ये केही मोडेलहरुमा ८ देखि १८ के. जी. सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० के. जी. सम्मको लुगा शत प्रतिशत केही समयमै सुकाउने सुविधा रहेको छ ।

यस वासिङ मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिन्छ ।

साथै एलजी वासर ड्रायरको प्रयोगले सफा र चिटिक्क परेका लुगाहरु सिधै मेसिनबाट निकालेर लगाउन सकिन्छ ।

यस मेसिनका अरु विशेषताहरु यस प्रकार रहेका छन्-

१. AIDD- AIDD ले कपडाको किसिम, तौल साथसाथै कोमलता पत्ता लगाइ कपडाको लागि आफै उच्चतम धुने तरिका निर्वाह गर्दछ, जसले गर्दा कपडाको धुलाई राम्रो हुनुको साथै कपडालाई लामो समय सम्म बचाउँछ ।

२. ECOHYBRID TECHNOLOGY- Advance Air drying टेकनोलोजीले गर्दा सुकाउने क्षमता राम्रो हुनुको साथै बिजुली, पानी र समयको बचत गर्दछ । यसले कम तापक्रममा कपडा सुकाउने हुनाले नाजुक कपडालाई पनि उतिकै हेरचाह गर्दछ ।

३. STEAM+- Steam+ Technology वाफले कपडाको किसिमलाई मुलायम बनाउनुको साथ-साथै ९९.९ प्रतिशतसम्म किटाणुरहित बनाउँछ ।

४. TURBOWASH 3600– यस टेक्नोलोजीले कपडालाई ३९ मिनेटमा धुन्छ जसले तपाइको पानी, बिजुली र समयको बचत गर्दछ ।

५. ThinQ- ‘IOT’ app को मध्यमबाट यस मेसिनलाई WIFI को मद्दतबाट जताबाट पनि चलाउन सकिन्छ ।

यस मेसिनमा १० वर्षको वारेन्टी नि रहेको जसले तपाई बर्षौसम्म ढुक्क बस्न सक्नुहुनेछ ।

एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रा.लि. रहेको छ ।