अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको अमेरिकी विदेशमन्त्रीको दाबी

अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको अमेरिकी विदेशमन्त्रीको दाबी



अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन् । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षा जस्ता मुद्दा सुल्झाउने मामलामा सघाउनका लागि अमेरिका पूर्ण रूपमा संलग्न रहेको दाबी उनले गरेका हुन् ।

बीबीसीलाई दिएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड-१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएका छन् । सो अन्तर्वार्ताको क्रममा कोरोना भाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत उनले आलोचना गरेका एएफपीले जनाएको छ ।

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन निर्वाचित भइ आएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौँ निर्णयलाई उल्टाइएको छ ।