लण्डन । बेलायतबाट नर्वेका लागि क्रुज यात्रमा गएका नेपालीहरुले क्रुजभित्रै पहिलो पटक तिज मनाएका छन् । स्थानीय व्यवसायी सुरेन्द्र श्रेष्ठको पहलमा आयोजना गरिएको क्रुज यात्रामा सहभागी सत्र परिवारले हरीतालीका तिज क्रुजभित्रै मनाएका हुन । तेश्रो पटक क्रुज यात्रा गराएका व्यवसायी सुरेन्द्र श्रेष्ठले नर्वेको चार शहरमा यात्रा गरिएको जानकारी दिए ।
परिवार सहितको यात्रा भएकोले रमाइलो तिज कार्यक्रम भएको श्रेष्ठले बताए । क्रुज यात्रामा लण्डनस्थित नेपाली दूतावासका सूर्य थापा, गैर आवासीय नेपाली संघ बेलायतका प्याट्रन सूर्य गुरुङ, समाजसेवीहरु मोहन गुरुङ, डा. राघव धिताल, डा विनोद ढुंगानालगायत सहभागी थिए ।
व्यवासायी श्रेष्ठको पहलमा तीन वर्ष अघिदेखि क्रुज यात्रा सम्पन्न भइरहेको छ । पहिलो बर्षको क्रुज यात्रामा स्वामी आनन्द अरुणले ध्यान शिविर सञ्चालन गरेका थिएभने दोश्रो पटकको यात्रामा कविता वाचन तथा साझा लिमिटेडको वार्षिक साधारण सभा गरिएको थियो ।
यस पटक क्रुज यात्रामा सहभागी भएकाहरुले चेपाङ वस्तीमा एक परिवारका लागि घर बनाइदिने भएको छ । यसका लागि काठमाडौंस्थित विष्णु प्रतिष्ठानसँग सहकार्य गरिने यात्रा संयोजक श्रेष्ठले बताए ।

प्रतिक्रिया