तोलामा आठ सयले बढ्यो सुनको मूल्य

तोलामा आठ सयले बढ्यो सुनको मूल्य



स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा आज रु. ८०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८,२०० मा कारोवार भएको छापावाला सुन आज रु ८९,००० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार तोलामा रु ८७,७५० मा कारोवार भएकामा आज रु ८८,५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदी तोलामा रु १,३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु १,३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा रु २५ ले वृद्धि भएको हो ।