कोरोना भाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानी डेनमार्ककै लकडाउनको विरुद्धमा उत्रिएका आठ जनालाई शनिबार अबेर पक्राउ गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
लकडाउनबाट असन्तुष्टहरुको समूहले आयोजना गरेको लकडाउनविरोधी प्रदर्शनमा झण्डै एक हजार २०० सहभागी भएका थिए । प्रदर्शनमा सुरुमा झण्डै ६०० सयहभागी भएकोमा कार्यक्रम समापन हुने बेलासम्म एक हजार २०० पुगेका एक प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई केही नगरिएको र हिंसात्मक क्रियाकलाप गर्नेहरुलाई मात्रै पक्राउ गरिएको प्रहरी अधिकारीहरुको भनाई छ । प्रदर्शनमा सहभागीमध्ये पक्राउ परेका आठ जनाले हिंसात्मक र तोडफोड तथा आगजनी जस्ता व्यवहार गरेको प्रहरीले जनाएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएको भन्दै सरकारले डेनमार्कमा लकडाउनको अवधि थप्दै लगेको छ । डेनमार्कमा अहिले आंशिक लकडाउन रहेको छ । डेनमार्कमा गत डिसेम्बरदेखि लकडाउन कायमै रहेको छ ।
प्रतिक्रिया