युवा नेताहरूद्वारा एकताको पहल

युवा नेताहरूद्वारा एकताको पहल



प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको युवा पुस्ताका नेताहरू पार्टी एकताको पक्षमा क्रियाशील रहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । खासगरी दुईतर्फ बाँडिएका एमाले कित्ताका युवा नेताहरू विभाजित पार्टीलाई एकताबद्ध गराउने प्रयासमा जुटेका छन् ।

पार्टीका शीर्षस्थ नेताहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतमलाई एकसाथ सामूहिक अवकाश गराएर पार्टीमा एकता बहाल गर्ने जमर्को युवा नेताहरूबाट भइरहेको छ । यस कार्यमा योगेश भट्टराईदेखि गोकुल बास्कोटाको समेत संलग्नता रहेको बुझिएको छ ।

तर केपी ओली नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्न तयार भए पनि अन्य नेताहरू अवकाशका निम्ति राजी नहुने देखिएकोले नेकपामा एकता बहाल हुने सम्भावना भने क्षीण रहेको छ ।