महामन्त्री कोइराला भन्छन्- नेकपा फुटाउन कांग्रेस सरकारमा जानुपर्छ

महामन्त्री कोइराला भन्छन्- नेकपा फुटाउन कांग्रेस सरकारमा जानुपर्छ



नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । चितवनमा बुधबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड समूहले दर्ता गर्ने उनले बताए ।

कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने उनको भनाइ थियो । प्रतिनिधिसभाका सदस्यसमेत रहेका डा. कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’

उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए ।

फरक प्रसङ्गमा महामन्त्री डा. कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने दाबी गरे