नेकपा प्रचण्ड पक्षद्वारा प्रचण्डलाई पुनः संसदीय दलको नेता चयन

नेकपा प्रचण्ड पक्षद्वारा प्रचण्डलाई पुनः संसदीय दलको नेता चयन



प्रचण्ड पक्षीय नेकपाले संसदीय दल औपचारिक रुपमा विभाजन गरेको छ । झलनाथ खनालको अध्यक्षमा सो समूहको आज बसेको दलको बैठकले प्रचण्डलाई पुनः दलको नेता चयन गरेसँगै दल विभाजनले औपचारिकता पाएको छ ।

उक्त समूहको सांसदहरुको बैठकबीच दलको नेतामा प्रचण्डको नाम माधव नेपालले प्रस्ताव गरेका थिए भने पम्फा भुसालले समर्थन गरेकी थिइन् । सांसदहरुले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको जानकारी दिइएको छ । प्रचण्ड यसअघि पुस ८ गते पनि दलको नेता चयन भएका थिए ।

बैठकमा नेकपाका करिब सय सांसद उपस्थित भएको दाबी गरिएको छ । नेकपाको संसदीय दलमा प्रतिनिधिसभा तथा राष्ट्रियसभा गरी २२१ सांसद रहेकाले बहुमतका लागि ११२ सांसदको उपस्थिति आवश्यक हुन्छ भने प्रचण्ड पक्षलाई अझै सुविधाजनक बहुमत पुग्न सकेको छैन ।

प्रचण्डपक्षीय दलको आजकै बैठकले दलको नेताबाट केपी ओली र उपनेता सुवास नेम्वाङका साथै सचेतक शान्ता चौधरीलगायतमाथि गरेको कारवाहीलाई अनुमोदन गरेको उनले जानकारी दिए ।