प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको निवास पुगी स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालसमेत गौतमनिवास पुगेका बुताइएको छ ।
केही दिनअघि घरभित्रै लड्दा नेता गौतमलाई सामान्य चोटपटक लागेको उनका स्वकीय सचिव दीपक टमटाले जनाएका छन् ।
प्रधानमन्त्री ओली नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिपत्रमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रम सम्पन्न भएलगत्तै गौतम निवासतर्फ लाग्नुभएको थियो ।
प्रतिक्रिया