प्रदेश प्रमुख डा. झाद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार

प्रदेश प्रमुख डा. झाद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार



कर्णाली भ्रमणमा रहेका प्रदेश नं २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले सुर्खेतका सडक दुर्घटनामा परी घाइते भएका चालकको उद्धार गरेका छन् । शनिबार रत्न राजमार्गको हर्रेनजिक दुई मिनीट्रक आपसमा जुध्दा घाइते भएका चालक शेरबहादुर सिंहलाई आफ्नै गाडीमा राखेर प्रदेश प्रमुख झाले अस्पताल पुऱ्याएका हुन् ।

सबै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट गर्ने र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर उपहार प्रदान गर्ने सिलसिलामा प्रदेश प्रमुख झा कर्णाली पुगेका हुन् ।

इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले कोहलपुरबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२–००१ख०२५६ नम्बरको मिनीट्रक र सुर्खेतबाट कोहलपुरतर्फ गइरहेको बा५ख ५२०४ नंको मिनीट्रक आपसमा जुध्दा चालक सिंह गम्भीर घाइते भएको जनाएको छ । घाइते चालकलाई प्रदेश प्रमुख झाले तत्कालै उद्धार गरी कोहलपुर मेडिकल कलेज पुऱ्याएका हुन् ।

प्रहरी जवान सुरेन्द्र रेग्मीले घाइते चालक कर्णाली प्रदेश ०२००१ख ०२५६ नंको मिनीट्रकका चालक रहेको तथा उहाँको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जानकारी दिए ।