१९ वर्षीयको जीवन बचाउनका लागि अपील

१९ वर्षीयको जीवन बचाउनका लागि अपील


sameerलण्डन । काठमान्डौको हेराल्ड कलेजमा अध्ययनरत, मनमैजु ८ गैरिगाउका स्थायी बासिन्दा १९ बर्षका समीर आफ्नो जिन्दगी वास्तवमा बुझ्न नपपनई दुबै मिर्गौला अस्वस्थ हुनुको चरम मानसिक पीडा भोग्दैछन् । जीवनको महत्वलाई बुझ्न थाल्दैको अवस्थामा समीरलाई आफ्नो जीवनकै घोर चिन्ताले साताउन थालेको छ । मिर्गौला प्रत्यारोपण गरेर मात्र श्वासप्रश्वासलाई धान्न समर्थ हुन सक्ने समीरलाई बचाउनका लागि निक्कै नै ठूलो धनराशीको जुगाड गर्न पर्ने अनि त्यसको लागि समीरको परिवार असमर्थ भएकाले नै देश तथा विदेशमा बस्ने दयावान नेपालीहरुमा उपचारका लागि आर्थिक सहयोगको आशा राख्दै विभिन्न मिडियाहरुलाई सहयोगको समाचार प्रकाशित गर्न अनुरोध गरेका छन् ।
सर्वसाधारण नेपालीहरुमा अति नै अकल्पनीय मानिने मृगौला प्रत्यारोपणको सामर्थ्यता बेलायत, अमेरिका आदिमा भने सर्वसाधारणहरुको पहुँचभित्र पर्दछ, किनभने यी देशहरुमा मेडिकल निःशुल्क हुनेगर्दछ, तर नेपालमा त उच्च बर्ग तथा सम्पन्न परिवारहरुले मात्र खर्च गर्न सक्ने मृगौला प्रत्यारोपण उपचार संयन्त्र तथा विधिहरुको अवस्थामा छ र त आम जनताहरु यसरी बारम्बार देश विदेशमा रहेका दयालु नेपालीहरुलगायत विदेशीहरुतर्फ सहयोगको अपेक्षा गर्दै विभिन्न समाजिक सञ्जाल अनि मिडियाहरुको साथ लिने गर्दछन्, ठीक त्यस्तै समीरको परिवारले पनि आफ्नो ‘केही गर्छु, पढ्छु’ भन्दै लागी पर्ने छोरोको जीवनलाई बचाउनका लागि आर्थिक सहयोग मागेका छन् । बेलायतमा समीर खत्रीको जीवन बचाउनका लागि सहयोग गर्न चाहने दयालुहरुलाई लिला भण्डारीलाई ०७४४७४६२९९९ मा सम्पर्क गर्न सकिनेछ, उनलाई 69 Marvell Avenue, Hayes, UB4 0QT मा पत्राचार गर्न सकने छ ।
गर्छु लिने गर्दछन्