चन्द्र भण्डारीले दिए कांग्रेस कोल्याप्स हुन सक्ने चेतावनी

चन्द्र भण्डारीले दिए कांग्रेस कोल्याप्स हुन सक्ने चेतावनी


महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने चेतावनी दिएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा कांग्रेसका प्रखर नेता भण्डारीले महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्नेमा जोड दिए ।

महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्ने धारणा उनले व्यक्त गरे । उनले भने- ‘नेपाली कांग्रेसले विधि छोडेको भन्ने विषयले चर्चा पाएको छ, पार्टी विधिअनुसार अगाडि बढ्नुपर्छ ।’

बेग्लै प्रसङ्गमा उनले अप्ठ्यारोमा परेका समयमा प्रतिपक्षले देशको नेतृत्व गर्नुपर्ने तर्क गरे ।

पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुन सक्ने तर देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उनको भनाइ थियो । सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उनले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गरे ।