कम्बोडियामा तत्कालका लागि सबै खेल गधिविधिहरू बन्द गर्न निर्देशन दिइएको छ ।
समुदायस्तरमा कोरोना भाइरसको महामारी फैलिदै गएकाले अनिश्चित कालका लागि खेल गतिविधिहरू बन्द गर्न सरकारी अधिकारीहरूले सोमबार निर्देशन दिएका हुन् ।
कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाबाट सङ्क्रमित भएकाहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
पछिल्लो समयमा समुदाय स्तरमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्यामा अत्यधिक बृद्धि भइरहेको त्यहाँको शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुदका गतिविधिहरू नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ ।
जीम, खेल क्लबहरू, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षण लगायतका कुनै पनि गतिविधि गर्न पाइने वक्तव्यमा उल्लेख गरिएको छ ।
दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्र समेत बन्द गरिएको छ ।
त्यसैगरी भिडभाड हुने अन्य गतिविधिहरूका लागि पनि प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया