- डिल्ली अम्माई
ब्राजिलका पूर्व राष्ट्रपति लुइज इन्सिओला लुला दा सिल्वालाई सर्वोच्च अदालतले सुनाएको फैसलापछि जेलबाट रिहा गरिएको छ जसले ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति राइका बोअल्सरोको आरोपलाई खारेज गरिदिएको छ ।
१२ वर्षसम्म कथित भ्रष्टाचारको सजाय भोगेका लुलालाई सयौँ समर्थकहरूले रातो रंगको पोशाक लगाएर सम्मान गरेका थिए थिए र उनी ५८० दिनदेखि राखिएको इरिज्लोनिट कुरीटिबा सहरको संघीय पुलिस मुख्यालय बाहिर लुलालाई देखाइएको थियो ।
उपस्थित समर्थकहरुको भीडलाई सम्बोधन गर्दै लुलाले आफूलाई सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । जसले झुटा आरोपमा जेलमा हालेका थिए ती पुलिस, अभियोजक, कर कार्यालय र न्याय प्रणालीलाई ‘कुहिएको पक्ष’ भन्दै आलोचना गरे ।
‘तिनीहरूले एक जना मानिसलाई कैद गरेनन् । उनीहरूले एउटा विचार मार्न खोजे’ – उनले भने। ‘ब्राजिलमा सुधार भएन, ब्राजिलको अबस्था झनै खराब भएको छ । मानिसहरू भोकाएका छन्। जनता बेरोजगार छन्। जनतासँग औपचारिक रोजगार छैन।’
भ्रष्टाचार र मनी लोन्ड्रिंगको अभियोगमा विवादास्पद न्यायाधीश सर्जियो मोरोले दिएको अपीलको कारण अदालतले लुलालाई अप्रिल २०१८ मा जेल हालेको थियो। लुलाले जहिले पनि आफ्नो निर्दोषताको घोषणा गरेका छन र राजनैतिक प्रतिसोधको कारण उनी विरुद्ध मुद्दा चलाइएको दावी गर्दै आएका छन् ।
बिहीबार, ब्राजिलको सर्वोच्च अदालतले फैसला सुनायो कि माथिल्लो अदालतमा उनविरुद्ध लगाइएका सबै आरोपहरु खारेज गरिएको छ । जसले राजनैतिक प्रतिशोधले थुनिएका अरु ५००० कैदीहरूलाई रिहा गर्ने मार्ग प्रशस्त हुने छ ।
अनुसन्धान वेबसाइट इन्टरसेप्ट ब्राजिलको कथित अनुसन्धानलाई आधार मान्दै लुला, शक्तिशाली व्यापारी नेता, बिचौलियाका र वोर्कर्स पार्टीका राजनीतिज्ञलाई जेलमा हालेको थियो।
सर्वेक्षणले लुलाले गत बर्षको राष्ट्रपति चुनावमा अग्रणी रहेको देखाएको थियो, तर लुलाको दृढ विश्वास र ससक्त चुनाबी प्रचारले बोसोनारोलाई चुनाबी दौडमा पछि पार्ने देखेर बोल्सनोरोको निर्देशनमा मोरोले लुला बिरुद्ध भ्रष्टाचारको अभियोग लगाई मैदानबाट हटाएको थियो।
पछि बोल्सनोरोले कठिन अवस्थामा आफूलाई साथ दिएकोमा पुरस्कार स्वरुप मोरोलाई उनका न्यायमन्त्री बनाए।
प्रतिक्रिया