हालसम्म नेपालमा कोरोनासंक्रमित २,७५,१६८, मृतक संख्या ३,०१४

हालसम्म नेपालमा कोरोनासंक्रमित २,७५,१६८, मृतक संख्या ३,०१४



शनिबार देशभर थप ६० जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय २,३६२ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २,७५,१६८ पुगेको छ ।

त्यस्तै पछिल्लो समय कारोनाका कारण दुई जनाको मृत्यु भएको छ । हालसम्म ३,०१४ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७२ जना छन् । यससँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २,७१,२४९ पुगेको छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ९१५ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४९ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेसनमा छन् । हालसम्म नेपालमा २२ लाख १२ हजार ७९६ को पिसिआर परीक्षण भएको छ ।