‘औपनिवेशिक शासनबाट मुक्त नहुन्जेल लडिरहने’ गोइतको उद्घोष

‘औपनिवेशिक शासनबाट मुक्त नहुन्जेल लडिरहने’ गोइतको उद्घोष



जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाले सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराएको बम विष्फोटमा परेर घाइते भएकामध्ये नासु शिवकुमार यादव र सेवाग्राही दिनेश भण्डारीको अवस्था गम्भीर रहेको बताइएको छ ।

सो कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा आइतबार दिउँसो १ बजेतिर भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । घाइतेहरुमा बिष्णपुर गाउँपालिकाका नासु शिवकुमार यादव, लेखापढी व्यवसायी भोलाबहादुर मगर, गोलबजार नगरपालिकावासी लक्ष्मी राना, गोलबजारकै बेचनी मगर, सिराहाका लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्री बद्रीनारायण यादव र धनगडीमाई नगरपालिकाका दिनेश भण्डारी रहेका छन् ।

भण्डारीको अवस्था निकै गम्भीर भएकोले थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ भने नासु यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको बुझिएको छ ।

घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । सो पर्चामा ‘सन् १९५० मा भारत-नेपाल तथा ब्रिटेन-नेपाल बीच काठमाडौमा सम्पन्न भएको दुवै सन्धिहरूको धारा-८ को आधारमा ‘स्वतन्त्र तराई’ अर्थात् तराई स्वतन्त्र राष्ट्र भएता पनि नेपाली शासकद्वारा तराई राष्ट्रमाथि बलपूर्वक शासन गर्दै आएकोले २०६१, श्रावण १० देखि हामीले तराई राष्ट्रको मुक्तिको निम्ति बलिदानीपूर्ण संघर्ष गर्दै आएको कुरा सर्वविदितै छ’ भन्ने ब्यहोरा उल्लेख गरिएको पाइएको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतको नाममा जारी गरिएको पर्चामा ‘तराई राष्ट्रलाई नेपाली औपनिवेशिक शासनबाट मुक्त नहुन्जेलसम्म लडिरहने’ प्रतिबद्धता प्रकट गरिएको छ ।

यस्तो छ गोइतद्वारा जारी विज्ञप्ति-