बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित पाँच पक्राउ

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित पाँच पक्राउ


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित पाँच जना पक्राउ परेका छन् । जिल्लाको परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

पक्राउ पर्नेमा परशुराम नगरपालिकाका ७० वर्षीय प्रताप भट्टराई, २८ वर्षीय बलबहादुर पुन मगर, १९ वर्षीय राजेश थापा मगर, १६ वर्षीय जगदिश थापा मगर रहेका छन् । भने २४ वर्षीय डम्फु सिँजालीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

बालिकालाई विगत ५-६ महिनादेखि ललाइफकाई बिभिन्न प्रलोभन देखाएर बारम्बार बलात्कार गरेको भन्दै उनका अभिभावकले जाहेरी दिएपछि आरोपितहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए । नियन्त्रणमा लिईएका आरोपीमाथि डडेल्धुरा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।