प्रमुख राजनीतिक दलसँग राष्ट्रपतिले छलफल गर्नुहुने

प्रमुख राजनीतिक दलसँग राष्ट्रपतिले छलफल गर्नुहुने



राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गर्नुभएको छ ।

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग मङ्गलबार अपरान्ह ४ बजे राष्ट्रपतिले छलफल गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ ।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको जनाइएको छ ।