केपी ओली नेतृत्वको वर्तमान सरकारमा स्वास्थ्यमन्त्री रहनुभएका नेता हृदयश त्रिपाठीले छुट्टै पार्टी गठन गर्नेबारे विचारविमर्श गर्न थाल्नुभएको छ ।
गत संसदीय निर्वाचनमा सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका त्रिपाठी त्यसअघि तराइ मधेस लोकतान्त्रिक पार्टीका नेता हुनुहुन्थ्यो । २०७४ सालको संसदीय निर्वाचनमा पश्चिम नवलपरासीबाट सूर्य चिन्ह लिएर विजयी भइ अहिले एमाले नेतृत्वकै सरकारमा मन्त्री बन्नुभएको भए पनि उहाँले अहिलेसम्म एमाले पार्टीको सदस्यता लिनुभएको छैन ।
धेरैले त्रिपाठी एमालेमै आवद्ध हुने अनुमान गरिरहेका बेला उहाँ भने बेग्लै पार्टी गठन गर्ने मानसिक तयारीमा रहनुभएको पाइएको छ । केपीको मन्त्रिमण्डलका सदस्यहरूमध्ये अहिलेसम्म कुनै विवादमा नपर्नुभएका त्रिपाठीले गठन गर्न लागेको पार्टी तराइकेन्द्रित हुने हो या होइन र त्यो बामपन्थी चरित्रको हुने या प्रजातान्त्रिक सो स्पष्ट हुन सकेको छैन ।
संसद् विघटन भएर वैशाखमा तोकिएको निर्वाचन हुने निश्चित भएको भए त्रिपाठीको पार्टी अस्तित्वमा आइसक्ने थियो । अब अलिक तयारीका साथ पार्टी गठन गर्ने गृहकार्य चलिरहेको बुझिएको छ ।
प्रतिक्रिया