माधव समूहको भेलामा पेश गरिएको प्रतिवेदनमा ओलीमाथि अनेक आरोप

माधव समूहको भेलामा पेश गरिएको प्रतिवेदनमा ओलीमाथि अनेक आरोप



नेकपा एमालेको माधव समूहले बुधबार आयोजना गरेको गुटभेलामा एक प्रतिवेदन पेश गरिएको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित भेलामा सार्वजनिक गरिएको प्रतिवेदनमार्फत् प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीमाथि विभिन्न आरोप लगाइएको छ ।

अध्यक्ष ओलीको क्रियाकलाप कम्युनिष्ट पार्टीलाई विभाजन गर्ने दिशामा अगाडि बढेको, गुटगत राजनीति गरेकोलगायतका अभियोग लगाउँदै सो प्रतिवेदनमा भनिएको छ- ‘पार्टी अध्यक्ष कमरेड केपी ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गए । उहाँलाई नाजायज सुविधा दिएर भए पनि पार्टी एकतालाई जोगाउन अनेकौँ प्रयत्न गरिए तर उहाँका क्रियाकलाप कम्युनिष्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढे । त्यसको पराकाष्टा वामपन्थीहरुको अद्वितिय बहुमत भएको प्रतिनिधिसभा विघटनमा भयो। त्यो दुर्घटना टरेको मात्रै थियो, संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानूनी व्याख्याद्वारा नेकपा एमालेलाई एकिकरणभन्दा अघिको अवस्थामा पुर्‍यायो । त्यो घटना कम्युनिष्ट आन्दोलनका लागि हामी आफैले कबोल गरेका वाचाहरुको प्रतिकुल थियो । त्यसमा समेत हर्षबढ्याइँ गरेर कमरेड केपी ओलीले एकताबद्ध नेपाल कम्युनिष्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरुको पराजयका रुपमा प्रचार गराउनुभयो । पार्टी एकिकरणपूर्वको नेकपा एमालेको अवस्थाबाट पार्टी जीवनलाई सुचारु बनाउने सम्भावना अझै बाँकि हुँदा हुँदै कमरेड अध्यक्षले नेकपा एमालेलाई समेत विभाजित गर्न अगाडि बढ्नुभयो ।’

‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ विषयको ८ पृष्ठको उक्त प्रतिवेदनमा थप भनिएको छ- ‘…नवौँ महाधिवेशनमा केन्द्रिय कमिटी र निकायहरुको निर्वाचन प्यानलहरु खडा गरेर सम्पन्न गर्‍यौँ । उक्त महाधिवेशनको एउटा विरोधाभाष के हुने गयो भने नेपालको कम्युनिष्ट आन्दोलनमा त्यति महत्वपूर्ण सैद्धान्तिक योगदान गरेको महाधिवेशनले पार्टीको नेतृत्वमा ती सैद्धान्तिक निष्कर्षहरुको विपक्षमा रहनु भएका कमरेड केपी शर्मा ओलीलाई पार्टीको अध्यक्ष निर्वाचित गर्‍यो भने ती विचारहरुका साथ अध्यक्षका उम्मेदवार कमरेड माधवकुमार नेपाल पराजित हुनुभयो । आफु असहमत रहेको हुँदा अध्यक्ष के पी शर्माले नवौँ महाधिवेशनका ती निर्णयहरु लागू नगर्नु भएको वा लागू गर्न अरुची देखाउनु भएको मात्रै होइन कि पार्टी पवृत्तिले ती निर्णयहरुबारे जानकारी पाउने अधिकार पनि दिनुभएन ।’

केपी ओलीले तत्काल राजीनामा दिनुपर्ने ब्यहोरा उल्लेख गरिएको अवधारणापत्रको पूर्णपाठ यस्तो छ-