एमालेको बालुवाटार बैठकद्वारा संसदीय दलको २७ सदस्यीय बोर्ड गठन

एमालेको बालुवाटार बैठकद्वारा संसदीय दलको २७ सदस्यीय बोर्ड गठन



नेकपा एमालेको बालुवाटारमा आज बसेको बैठकले २७ सदस्यीय संसदीय दलको बोर्ड गठन गरेको छ । तीन जना पछि मनोनयन गर्ने गरी आज २४ सदस्यीय बोर्ड गठन भएको बैठकमा सहभागी सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

बोर्डको प्रमुखमा पार्टी अध्यक्ष एवम् दलका नेता केपी ओली छन् भने उपनेता सुवास नेम्वाङ छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाललाई पनि स्थान दिइएको छ । त्यस्तै, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई दलको सदस्य मनोनीत भएका छन् ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले गुटगत भेलामा सहभागी हुने नेताहरुलाई कारवाहीको प्रक्रिया अघि बढाउने तथा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । यसैगरी आत्माआलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन नेताहरुलाई अव्हान गर्ने, अवज्ञा गरे विधानअनुसार स्पष्टिकरण सोधिने र कारवाही प्रक्रिया अगाडि बडाउने निर्णय पनि बैठकले गरेको छ ।

बालुवाटार बैठकमा नेता माधवकुमार नेपाल पक्षका अधिकांश सांसदहरु सहभागी भएनन् ।