बैतडीको दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पद रूपमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रमुख डिएस्पी नारायणप्रसाद अधिकारीमका अनुसार शङ्कास्पद रूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेर नियन्त्रणमा लिन आग्रह गरेकी थिइन् ।
शङ्कास्पद भेटिएका दुवै जनालाई जिल्ला कार्यालय लगिन लागेको जानकारी दिँदै डिएस्पी अधिकारीले भने, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, जिल्ला कार्यालय लगेर थप बुझ्ने काम गरिनेछ, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्ने सम्बन्धित व्यक्तिहरुको जिकिर छ ।;
प्रतिक्रिया