महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा, नयाँ महान्यायाधिवक्तामा बडाल सिफारिस

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा, नयाँ महान्यायाधिवक्तामा बडाल सिफारिस


सरकारले नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेको छ ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज नै आफ्नो पदबाट राजीनामा दिएका थिए । आफ्नो कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी खरेलले पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट २०७४ फागुन ८ गते उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको थियो ।

महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएपछि सरकारले अधिवक्ता बडाललाई रिक्त रहेको पदमा नियुक्तिका लागि सिफारिस गरेको हो।

श्रम मुद्दामा विज्ञ रमेश बडाल प्रधानमन्त्री केपी ओलीका कट्टर समर्थक मानिन्छन् ।