चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएअनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको हो ।
भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया