जापान प्रतिनिधि
जापानको मियागी प्रिफेक्चरमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । मियागी प्रिफेक्चर केन्द्रबिन्दु भएर शनिबार जापानी समयअनुसार साँझ ६ बजेर ९ मिनेटमा ७.२ म्याग्निच्युटको भूकम्प गएको छ ।
जापानको भूकम्प मापनसम्बन्धी संस्था मेटोरोलोजिकल एजेन्सीका अनुसार भूकम्प ६० किलोमिटर गहिराइ केन्द्रभएर गएको हो । भूकम्पपछि १ मिटरसम्म अग्लो सामुन्द्रिक छालसहितको सुनामीको चेतावनी जारी गरिएको छ । मौसम अधिकारीहरुले मियागी प्रिफेक्चरको सामुन्द्रिक किनार आसपासका नाग तत्काल घर छाडेर अन्यत्र अग्लो स्थानमा जान भनेका छन् ।
यसैगरी, घरमा आगो नबाल्न, विद्युतीय सामग्री जोहो गरेर राख्न अनुरोध गरिएको छ । भूकम्पपछि पुनः यही मापनबराबरको पराकम्पन जाने सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको हो ।
भूकम्पपछि कयौँ स्थानमा विद्युत तथा खानेपानी आपूर्ती अवरुद्ध हुन पुगेको र विस्तृत विवरण आउनेक्रम जारी रहेको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।
प्रतिक्रिया