प्रदेश १ को संयोजकमा अभिषेक

प्रदेश १ को संयोजकमा अभिषेक



गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ को संयोजकमा अभिषेक श्रेष्ठ नियुक्त भएका छन् । उनलाई प्रदेश १ कमिटीलाई पूर्णता दिई खेलकुदका गतिविधि सञ्चालनमा सहयोग पुर्‍याउने जिम्मेवारीसहित संयोजक नियुक्त गरिएको हो ।

गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधरले श्रेष्ठलाई प्रदेश १ को संयोजकको जिम्मेवारी सुम्पिएका हुन् । तुलाधरले संयोजक श्रेष्ठलाई नियुक्तिको पत्र पनि हस्तान्तरण गरेका छन् ।

अभिषेक श्रेष्ठले यसअघि गणेशमान सिंहको स्मृतिमा आयोजना हुँदै आएको बक्सिङ प्रतियोगितामा प्रदेश १ को संयोजकको भूमिका निर्वाह गर्दै आएका छन् ।

गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन भएपछि खेलकुदका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ । स्पोर्ट्स कमिटीकै आयोजनामा ‘वीर गणेशमान सिंह टेन–के रोड रेस आयोजना हुँदैछ ।

यस्तै, गत फागुनमा काठमाडौंको स्युचाटारमा आयोजना भएको बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगितालाई पनि कमिटीले विशेष सहयोग गरेको थियो । कमिटीले सन् २०२१ को वार्षिक क्यालेन्डर नै प्रकाशित गरी विभिन्न कार्यक्रम गर्ने कमिटीका संयोजक तुलाधरले जानकारी दिए ।