एशियन वक्सिङ च्याम्पियनशिपमा नेपालको सहभागिता

एशियन वक्सिङ च्याम्पियनशिपमा नेपालको सहभागिता



भारतको नयाँ दिल्लीमा आगामी मे २१ देखि ३१ तारिकसम्म सञ्चालन हुने ‘एएसबीसी इलिट मेन एण्ड ओमेन बक्सिङ च्याम्पियनसिप’मा नेपालले सहभागिता जनाउने भएको छ ।

एशियन बक्सिङ कन्फेडेरेशन एएसबीसी अन्तर्गतको यो प्रतियोगिता एशियाकै सबैभन्दा ठूलो बक्सिङ प्रतियोगिताको रूपमा स्थापित भएको छ । आइबाको तौल समुहअन्तर्गत रहेका महिला तथा पुरुषको छनोटका लागि वक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा ५ सदस्य छनोट समिति गठन गरिएको छ ।

१९ वर्षदेखि ४० वर्ष सम्मका खेलाडीहरू छनोट प्रक्रियामा सहभागी हुन पाउने नेपाल बक्सिङ संघले जनाएको छ । यही चैत्र २९–३१ गते सम्म सातदोबाटोस्थित बक्सिङ हलमा हुने खुला छनोट खेलमा सहभागिता जनाउनका लागि मातहतका जिल्ला बक्सिङ संघ, क्लब र विभागीय टिमलाई तयारी थाल्न संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी गराएका छन् ।