सि.जी.का आकर्षक फ्यान नेपाली बजारमा

सि.जी.का आकर्षक फ्यान नेपाली बजारमा


गर्मी बढेसँगै नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरू नेपाली बजारमा भित्र्याएको छ ।

फरक-फरक प्रकारका उपभोक्ताहरूलाई मध्यनजर गरी सि.जी.ले फरक-फरक किसिमका पंखा उपभोक्तामाझ ल्याएकोले आवश्यकताअनुरुप उपभोक्ताले छानी-छानी नजिकको डिलरबाट खरिद गर्न सक्ने छन् । ती पंखाहरूमा सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, टेबुल फ्यान, वाल फ्यान, एडजस्ट फ्यान र रिचार्जेबल फ्यानहरू रहेका कम्पनीले जनाएको छ ।

हेर्दा निकै आकर्षक देखिने यी पंखाहरूमा नयाँ-नयाँ विषेशताका साथै विभिन्न साइजमा पनि उपलब्ध छ । अब उपभोक्ताले सिलिङ फ्यानको खरिदमा २४ महिनाको वारेण्टी पाउनुका साथै रिमोट पनि प्राप्त गर्ने सिजीले जानकारी दिएको छ । यी सिलिङ फ्यानहरू २४ इन्च देखि ४८ इन्च सम्मका साइजमा उपलब्ध छन् ।

त्यस्तै, स्ट्याण्ड फ्यानमा १२ महिनाको वारेण्टी र विभिन्न आकर्षक स्वरूपका मोडलमा पनि उपलब्ध गराइएको छ । स्ट्याण्ड फ्यानमै सि.जी. ले बत्ती नभएको बेलामा समेत चलाउन मिल्ने रिचार्जेबल पंखा पनि ल्याएको छ । आकर्षक रंगहरूमा उपलब्ध यी फ्यानमा १२ महिनाको वारेण्टी दिइएको छ ।

सि.जी.का पंखा खरिद गरी जीवन सरल र सुखी तुल्याउन कम्पनीले आग्रह गरेको छ ।