कस्तो सरकार अब ?

कस्तो सरकार अब ?


केपी ओली नेतृत्वको वर्तमान सरकारले निरन्तरता पाइरहला या अब कस्तो र कसको सरकार गठन हुन सक्ला भन्नेमा यतिबेला सर्वाधिक चासो उत्पन्न भएको छ । प्रचण्ड जसरी भए पनि केपी शर्मा ओलीलाई पदमुक्त गराउने चरम कसरतमा हुनुहुन्छ भने केपीचाहिँ सरकार टिकाउनेभन्दा पनि प्रचण्डलाई असफल बनाउने कुरामा ज्यादा ध्यान दिँदै हुनुहुन्छ ।

सतहमा खास केही नदेखिए पनि सत्ता-राजनीतिको भित्री तहमा बादल मडारिएझैँ चर्को चलायमान स्थिति छ । राजनीतिक स्थितिको सूक्ष्म अध्ययन गर्दा निम्नलिखित विकल्पमध्ये कुनै एक विकल्पमा मुलुक जाने देखिएको छ–

  • नेकपा एमाले र मधेशकेन्द्रीत समूहबीच गठबन्धन हुने र, केपी नेतृत्वकै सरकारले नेतृत्व पाउने । उपेन्द्र-बाबुराम पक्ष असहमत भए ‘राजपा घटक’ मात्र भए पनि सरकारमा सामेल हुन सक्ने सम्भावना देखापरेको छ ।
  • माओवादी, मधेशी र काङ्ग्रेसबीच गठबन्धन हुने, केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइने । यो सम्भावित विकल्प तत्काल सम्भव देखिएको छैन । मधेशकेन्द्रीत समूहभित्रको विवादले पनि यस प्रकारको गठबन्धन हुने कुरामा व्यवधान पैदा गरेको छ ।
  • एमाले र काङ्ग्रेसबीच गठबन्धन बन्न सक्ने सम्भावना नभएको होइन । प्रधानमन्त्री केपी शर्मा ओली आफूले पद त्याग गर्नैपर्ने अवस्था आएमा शेरबहादुर देउवालाई पद हस्तान्तरण गर्ने मानसिकतामा देखिनुहुन्थ्यो र, अझै पनि अन्य विकल्पले काम नगरेमा केपीको रोजाइमा यही विकल्प पर्ने सम्भावना अझै छ ।
  • एमाले र माओवादीबीच गठबन्धन सरकार बनाउने कुरा पनि एउटा विकल्प हो । तर अहिलेसम्म यो विकल्पलाई कार्यान्वयनमा ल्याउन ठोस पहल भएको छैन ।