नेपालको सबै भन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष सबैलाई’ जारी गरेको छ ।
यस योजनाअन्तर्गत एलजीको लागि नेपालको अधिकृत वितरक सिजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरू प्रदान गरेको छ ।
नर्मल र स्मार्ट लिड टिभी, एयर प्युरिफायर, भ्याकुम क्लीनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यस अफरमा ग्राहकले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा रु. १४४९० मूल्यको फ्री माइक्रोवेभ ओभन र डबल डोर रेफ्ररजेरेटरकोे खरिदमा रु २४५० मूल्यको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, ग्राहकहरूले माइक्रोवेभ ओभनको खरिदमा रु २८०० मूल्यको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मशिन फ्रन्ट लोड (९ केजी माथि)को खरिदमा रु ५२३० मूल्यको फ्री भेजीटेबल प्युरिफायर, वासिङ मशिन फ्रन्ट लोड (८ केजी सम्म) को खरिदमा रु २६५० मूल्यको फ्री इलेक्ट्रीक केटल र वासिङ मशिन टप लोडको खरिदमा रु १०२० मूल्यको फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् । साथै हरेक एयर कन्डिस्नरको खरिदमा ग्राहकहरुले रु ४००० मूल्यको फ्री जडान सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।
यो योजना नेपाल अधिराज्यभरि चैत्र ११ गते देखि सिमित अवधिको लागि लागू गरिएको छ ।
प्रतिक्रिया