नयाँ वर्षलाई लक्षित गरी सि.जी.को नयाँ उपहार योजना

नयाँ वर्षलाई लक्षित गरी सि.जी.को नयाँ उपहार योजना



नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी.ले आउँदै गरेको नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो ‘सिजी राम्रो, गर्वका साथ हाम्रो’ नामक नयाँ उपहार योजना बजारमा ल्याएको छ । अफ्नै नेपालको उत्कृष्ट ब्राण्डका रुपमा प्रस्तुत सि.जी. ब्राण्डले यस योजनासँगै नेपालीहरुको यो नयाँ वर्ष झनै हर्षमय हुने कम्पनीको विश्वास गरेको छ ।

यस उपहार योजनाअन्तर्गत अब ग्राहकले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, रु. ५४,२०० सम्मको आकर्षक बचत तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्नेछन् ।

उक्त योजनाअन्तर्गत ग्राहकले सि.जी. ब्राण्डका एल.इ.डि. टिभीको खरिदमा ३ बर्षको वारेन्टी र आकर्षक छुट, मल्टिडोर र साइड बाइ साइड रेफ्रिजरेटरहरूको खरिदमा १० बर्षको वारेन्टी र सि.जी. मिक्सर प्राप्त गर्न सक्ने छन् ।

त्यस्तै, सिङ्गल डोर र डबल डोर रेफ्रिजरेटरहरुको खरिदमा १० वर्षको वारेन्टी र आकर्षक छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सि.जी. ब्राण्डका फ्रन्ट लोड वाशिङ मेशिनहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा सि.जी. मिक्सर प्राप्त गर्नेछन् र टप लोड तथा टुईनटबको खरिदमा १२ महिनाको वारेन्टी तथा सि.जी. आइरनका साथै आकर्षक छुट पनि पाउने छन् ।

यसैगरी, सोकेस र चेस्ट फ्रिजरमा ६० महिनाको वारेण्टी र ट्रले तथा मल्टि मिडिया स्पिकरमा आकर्षक छुट र १२ महिनाको वारेण्टी प्राप्त गर्न सक्ने बताइएको छ । डिसवासरको खरिदमा सी.जी. मिक्सर प्राप्त गर्न सकिने पनि बताइउको छ ।

माइक्रो ओभनमा १२ महिनाको वारेण्टी, कुकिङ किट र आकर्षक छुट अनि ए.सि.मा ६० महिनाको वारेण्टी, निःशुल्क जडान र आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

यो आकर्षक योजना कम्पनीले चैत्र १०, २०७७ देखि देशभरमा सीमित अवधिका लागि लागू गरेको जनाएको छ ।