स्पष्टिकरण मागिएका माधव नेपालले एमाले केन्द्रिय कमिटीलाई लेखे यस्तो पत्र

स्पष्टिकरण मागिएका माधव नेपालले एमाले केन्द्रिय कमिटीलाई लेखे यस्तो पत्र


पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार मागिएको स्पष्टीकरणको नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार नेताले जवाफ दिएका छन् । एमाले नेताहरू माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ बिहीबार दिएका हुन् ।

यही चैत ८ गते एमाले महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उल्लिखित नेताहरूले पार्टी हितविपरीत गतिविधि गरेको आरोपसहित एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरणको जवाफमा नेताहरूले आफूहरूले पार्टीविरोधी गतिविधि नगरेको र नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिमा रहेको जवाफ पठाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले मान्यता नदिएपछि र एमाले र नेकपा (माओवादी केन्द्र) लाई पहिल्यैकै अवस्थामा ब्युताएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओली र अर्का नेता नेपालबीच तिक्तता पैदा भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले संसद् विघटन गर्ने निर्णयविरुद्ध माधव नेपाल समूह उभिएको थियो ।

एमाले ब्युँतिएपछि गत फागुन २८ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत २३ जनालाई केन्द्रीय सदस्यमा आफ्नो सहभागिताविना मनोनीत गरेको भन्दै नेपाल समूह असन्तुष्ट हुँदै आइरहेको छ । नेपाल समूहले पार्टीमा सामानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ ।

बिहीबार माधव नेपालद्वारा प्रेसित पत्रको आरम्भमा भनिएको छ– ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कार्यालयको नाम र छाप अंकित २०७७ साल चैत्र ८ गतेको मिति उल्लेख गरी मेरो नाममा लेखिएको एउटा पत्र मेरो जानकारीविना नै मेरो घरमा छोडिएको अवस्थामा केही समयअघि फेला परेको र त्यसमा उल्लेखित धेरैजसो विषयमा तपाईले नै नेकपा (एमाले) केन्द्रीय कमिटीको विधिवत् बैठकलाई र त्यसमार्फत् नेकपा (एमाले) पंक्तिलाई स्पष्टीकरण दिनु आवश्यक देखिएकोले सो प्रयोजनका लागि निम्न बमोजिमको तथ्य विवरण प्रेषित गर्दछु ।’

यस्तो छ माधव नेपालको पत्र-