तालिवान विद्रोहीको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु

तालिवान विद्रोहीको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु


अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा विद्रोही लडाकूले गरेको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु भएको छ ।

एक स्थानीय अधिकारीले शनिबार पुष्टि गरेअनुसार नार–ए–सारज जिल्लाको याक्लिङ क्षेत्रमा शनिबार बिहानै प्रहरी चौकीमा आक्रमण गरी लडाकु समूहले कम्तीमा १० प्रहरी अधिकारीको हत्या गरेका हुन् ।

विद्रोहीले चौकीमा आक्रमण गरेपछि करिब तीन घण्टा आक्रमण भएको र घटनामा केही तालिवान लडाकूहरू पनि मारिएका नाम सार्वजनिक नगर्ने शर्तमा ती अधिकारीले जानकारी दिएका सिन्ह्वाले जनाएको छ ।

उक्त आक्रमणमा प्रहरी तथा तालिवान लडाकू दुवैतर्फ केही व्यक्ति घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।

यसैबीच हेलमन्ड प्र्रान्तका सरकार प्रमुख ओमार जावाकले पनि आक्रमणको घटनालाई पुष्टि गरेका छन् ।