ज्योति लाइफ इन्स्योरेन्सको सम्पर्क कार्यालय गजुरीमा

ज्योति लाइफ इन्स्योरेन्सको सम्पर्क कार्यालय गजुरीमा


  • विकास रौनियार, धादिङ

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गजुरीमा एजेन्सी सम्पर्क कार्यालय स्थापना गरेको छ । धादिङको गजुरीमा सञ्चालनमा आएको कार्यालयको उद्घाटन कम्पनीका क्षेत्रीय प्रबन्ध जयराम ढुङ्गानाले गरेका छन् ।

कार्यालय उद्घाटन गर्दै ढुंगानाले बीमाबारे नागरिकलाई जानकारी गराउन स्थानीय तहसम्म नै अन्तरक्रिया र जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

ज्योति लाइफ इन्स्योरेन्सले स्थापना कालदेखि नै घातक रोगविरुद्ध औषधी खर्च प्रदान गर्ने नेपालकै पहिलो कम्पनी रहेको र हाल ३५ किसिममध्ये कुनै एक प्रकारको रोग लाग्दा ५० लाखसम्म औषधी उपचार खर्च प्रदान गर्ने क्षेत्रिय प्रबन्धक ढुङ्गानाले बताए ।

हामीले गर्ने ससाना फजुल खर्च कटौति गरी बिमामा लगानी गर्न सकियो भने ठूलो रकमको आर्थिक सुरक्षा बहन गर्न सकिने उल्लेख गर्दै ढुङ्गानाले ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीलाई धादिङ जिल्लामै नम्बर १ बीमा कम्पनी बनाउने उद्देश्य रहेको र त्यसका लागि अभिकर्ताहरुलाई कम्पनीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

हाल धादिङ जिल्लामा ज्योति लाइफका एक शाखा कार्यलय र तीन वटा एजेन्सी कार्यालय रहेको छ ।

एजेन्सी कार्यालयलाई बिस्तारै अपग्रेट गर्दै शाखामा परिणत गरिने ढुङ्गानाको भनाइ छ ।