गल्कोट स्पोर्ट्स क्लब जापानलाई उपाधि

गल्कोट स्पोर्ट्स क्लब जापानलाई उपाधि



टोकियो, जापान

बागलुङ समाज जापानले आयोजना गरेको पहिलो रनिङ कप भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लब जापानले हात पारेको छ । आयोजक बागलुङ समाज जापान द्वितीय हुँदा घुम्टे युवा परिवारले तृतिय स्थान ओगटेको छ । साइतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा भएको खेलमा १६ टीमले नाम दर्ता गरे पनि १४ टीमबीच प्रतिस्पर्धा भएको थियो ।

प्रथम रनिङ कप प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख ६५ हजार ५ सय पचपन्न येन ,प्रमाण पत्र, मेडल र रनिङ कप त्यस्तै द्वित्तीय हुनेले नगद १ लाख ६५ हजार ५ सय पच्पन्न येन, प्रमाण पत्र, मेडल तथा तृतिय हुनेले नगद ८५ हजार ५ सय पचपन्न येन प्रमाण पत्र, मेडलद्वारा पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा गल्कोट स्पोर्ट्स क्लबका रेशम बस्नेत, उत्कृष्ट स्पाइकरमा बागलुङ समाजका अभिजीत रायमाझी त्यस्तै उत्कृष्ट डिफेन्डरमा सिजुओका स्पोर्ट्स क्लबका सुनील बस्नेत र उत्कृष्ट लिफ्टरमा घुम्टे युवा परिवारका सुशान्त मल्ललाई सम्मान तथा पुरस्कृत पनि गरेको कार्यक्रम संयोजक विरोध चालिसेले जानकारी दिनुभयो ।

आयोजक संस्थाका अध्यक्ष प्रेम कँडेलले सबैको सल्लाह, सुझाब, सहमती र सहकार्यमा कहिल्यै आफू नचुक्ने बताउँदै खेल सम्पन्न गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सबैप्रतिआभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।

खेल सम्पन्न गरिरहँदा भएका कतिपय कमी कमजोरीलाई जीवनको महत्त्वपूर्ण पाठको गतिलो सिकाइको रुपमा लिएकोले आफूले पनि थोरै हारेर धेरै जितेको अनुभव गरेको बताउनुभएको छ ।