- जापान प्रतिनिधि
पश्चिमबाट उत्तरी जापानको ठूलो क्षेत्रमा व्यापक मात्रामा पहेँलो बालुवाले ढाक्ने देखिएको छ । पहेँलो बालुवासहितको हावाको बेगले आकाशमा दृश्यहरु टाढासम्म देखिन असक्षम हुने बताइएको छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार उत्तरी चीनमा पहेँलो बालुवा देखिएको छ र २९ तारिखदेखि ३० तारिखसम्म आकाशको भागमा भिजिबिलिटि १० किलोमिटरसम्म मात्र देखिन सक्ने अवस्था आउने छ । कतिपय स्थान र अवस्थामा ५ किलोमिटर भन्दा कम देखिने अवस्था आउने मौसम अधिकारीहरुले बताएका छन् ।
पहेंलो बालुवा बिस्तारै पूर्वपट्टि बग्नेछ र पश्चिमी जापानबाट उत्तरी जापानसम्म २८ तारिख ३ बजेबाट उडानमा असर पार्न सक्नेछ । केही अवस्थाहरुमा मानिसको नांगो आँखाले २ किलोमिटर सम्मपनि परको दृश्य नदेखिनेगरि पहेंलो बालुवा सहितको हावाले ढाक्नेछ ।
यो क्रम बिस्तार घट्दै गएर मार्च ३१ तारिख सामान्य अवस्थामा फर्कने अनुमान मौसम एजेन्सीले गरेको छ ।
मौसम अधिकारीहरुले गाडी चलाउनेहरुसहित हवाई उडानका समयमा यसले असर पार्ने उच्च सम्भावना रहेको बताउँदै सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया