माधवको पक्षमा ६ भाइ मात्र !?

माधवको पक्षमा ६ भाइ मात्र !?



विगतमा माधवकुमार नेपालको पक्षमा उभिँदै आएका कुल अठतीस (३८) सांसदमध्ये अधिकाङ्श एमालेमै फर्किने भएका छन् ।

सांसदहरूमध्ये माया ज्ञवाली, गोपाल बम र कृष्णभक्त पोखरेल शुरुमै एमालेमा फर्किएका थिए भने झपट रावल, राजबहादुर बुढा, ध्रुव शाही, मेटमणि चौधरी, विरोध खतिवडा, हिराचन्द्र केसी, नारायण खतिवडा, जयकुमार राई, भवानी खापुङ, यज्ञराज सुनुवार, पवित्रा निरौला, गणेश पहाडी, कृष्णलाल महर्जन, दीपकप्रकाश भट्ट, योगेश भट्टराई र झलनाथ खनालसम्म पनि माधव नेपालसँगै सती जाने मानसिकतामा देखिएनन् ।

समानुपातिक सांसदहरू गंगा चौधरी, समीन हुसेन, बिनादेवी मगर, कल्याणी खड्का, मुकुन्द न्यौपाने, निरादेवी जैरु, लक्ष्मी चौधरी, सरलाकुमारी यादव, पार्वती बिसुङ्खे, पुष्पाकुमारी कर्ण र कालिका खान पनि एमालेमै रहने मानसिकतामा भएको बुझिन्छ । माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डे पनि केपीको सम्पर्कमा रहेको बताइन्छ ।

माधवसमर्थक भनेर चिनिएकामध्ये सत्र जनाले केपीलाई समर्थन नगरे पनि जसपा-एमाले गठबन्धनलाई तात्विक असर गर्न सक्ने देखिँदैन । तर, माधवको पक्षमा दृढतापूर्वक उभिनेहरूमा सुरेन्द्र पाण्डे, भीम रावल, सोमप्रसाद पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको नाम मात्र लिने गरेको पाइएको छ ।