राखेपका लेखा अधिकृत शाहको निधन

राखेपका लेखा अधिकृत शाहको निधन



राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका लेखा अधिकृत विकासविक्रम शाहको निधन भएको छ । ४५ वर्षीय शाहको हृदयघातका कारण निधन भएको हो ।

शाहको निधनको शोकमा राखेप हातामा श्रद्धाञ्जली सभा राखिएको थियो । राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, सदस्यहरू रिम रानाभाट, सुभाष श्रेष्ठ, हरि खड्का, रेणुका श्रेष्ठलगायत कर्मचारीले शाहको तस्बिरमा पुष्पगुच्छा चढाइ श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

शाह २०५३ साल असोज ४ गते लेखापाल पदमा राखेपको स्थायी सेवामा प्रवेश गरेका थिए । शाहलाई २०७० साल असोज ३१ गते लेखा अधिकृतमा विशेष बढुवा गरिएको थियो । शाहको पार्थिव शरीरलाई निधनको दिन आइतबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । शाहका श्रीमती र छोरी छन् ।