आईपीएलको अर्को संस्करणमा दुई टीम थपिने

आईपीएलको अर्को संस्करणमा दुई टीम थपिने



भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीआई)ले सन् २०२२ को आईपीएलको नयाँ संस्करणमा दुई टीम थप्ने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत दुई वर्षदेखि कुनै महत्वपूर्ण निर्णय लिन नसकेको बीसीआईले हालै यस्तो निर्णय गरेको हो ।

बीसीसीआईको यो निर्णयसँगै अब आईपीएलको नयाँ सिजनमा १० वटा टीमको सहभागिता रहने पक्का भएको छ । जसको लागि सन् २०२१ को आईपीएलको १४औँ संस्करणको अन्तिम चरणमा नयाँ दुई टीमको लिलामी प्रक्रियाको आरम्भ हुनेछ ।

यो बारेमा बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र सचिव जय शाह लगायत शीर्ष पदाधिकारीबीच भएको मिटिङ भएको थियो । उक्त मिटिङले आईपीएल सञ्चालक समितिद्वारा प्रस्तुत गरिएको सुझावको बारेमा छलफल गर्दै आउँदो संस्करण १० टीम राख्ने निर्णय गरेको थियो । अब आउँदो मे महिनामा नयाँ फ्रेन्चाइजी लिलामी प्रक्रिया र योसम्बन्धी जोडिएका विभिन्न कुरालाई अन्तिम रूप दिइने भएको छ ।

आउँदो संस्करण थपिने दुई वटा टीमको अहिलेसम्म टुङ्गो नलागेको बीसीआईले जनाएको छ । टीम तयारी भएपछि यसको परिचालन कार्यको आरभ्म हुनेछ । जसको लागि लामो समय लाग्ने पनि बीसीआईले जनाएको छ । बीसीआईले गत वर्ष नै आईपीएलमा दुई वटा टीमको सहभागिता बढाउने सोच बनाए पनि कोरोना भाइरसका कारण निर्णय गर्न सकेको थिएन ।