‘उसु भोलेन्टर कोच’को आधिकारिकतामाथि महासंघले उठायो प्रश्न

‘उसु भोलेन्टर कोच’को आधिकारिकतामाथि महासंघले उठायो प्रश्न



आधिकारिक नभएको दाबी

नेपाल उसु महासंघले उसु भोलेन्टर कोचद्वारा आयोजना गरिन लागेको उसु अवार्ड कार्यक्रम आधिकारिक कार्यक्रम नभएको जानकारी गराएको छ ।

महासंघका अध्यक्ष वीरबहादुर तामाङले चैत्र १९ गते बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त कुराको जानकारी गराइएको छ ।

उसु भोलेन्टर कोचको नामबाट गर्न लागेको कार्यक्रमको जानकारी सामाजिक सञ्जालबाट प्राप्त भएको खुलासा गर्दै सोप्रति महासंघको गम्भीर ध्यानकर्षण भएको प्रेस विज्ञप्तिमा जनाएको छ ।

राष्ट्रिय खेलकुद् परिषदको नियमावली तथा नेपाल उसु महासंघको विधान अनुसार उसु भोलेन्टर कोच यस महासंघको आधिकारिक संस्था नभएको जानकारी गराउँदै सम्पूर्ण खेलाडी र खेलप्रेमीलाई भ्रममा नपर्न समेत प्रेस विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

साथै नेपालमा कोरोना भित्रिनु अघि महासंघको केद्रीय वैठकले ‘सम्मान तथा अवार्ड’ कार्यक्रम गर्ने निर्णय गरेको बताउँदै हाल त्यसको तयारी भैरहेको र छिट्टै महासंघको आयोजनामा भव्य रूपमा प्रथम उसु अवार्ड तथा सम्मान कार्यक्रम २०७८ हुने समेत जानकारी गराएको छ ।