ब्राजिलमा एकैदिनमा ७० हजार सङ्क्रमित तीन हजारको मृत्यु

ब्राजिलमा एकैदिनमा ७० हजार सङ्क्रमित तीन हजारको मृत्यु



ब्राजिलमा एकैदिनमा सङ्क्रमितहरुको सङ्ख्या बढ्ने क्रममा ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाभाइरसबाट ७० हजार २३८ जना सङ्क्रमित भएका हुन् ।

त्यसैगारी सोही अवधिमा ब्राजिलमा कोरोनाभाइरसका कारण २,९२२ जनाको मृत्यु भएको सम्बन्धित अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट १,२९,१०,०८२ जना सङ्क्रमित भएको जनाइएको छ । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या ३,२८,२०६ पुगेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

दक्षिण अमेरिकी मुलुक ब्राजिल कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा दोस्रो अग्रस्थानमा रहेको छ । सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने ब्राजिलपछि तेस्रोमा धेरै प्रभावित मुलुकको सूचीमा भारत रहेको छ ।

सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म ३,१३,१५,००० भन्दा बढी सङ्क्रमित भएका छन् भने ५,६७,६०० भन्दा बढीको मृत्यु भएको छ ।