- जापान प्रतिनिधि
जापानमा विभिन्न पेशा, व्यवसाय, अध्ययन, अध्यापनलगायत विभिन्न क्षेत्रमा रहेका दोलखालीहरुको संस्था दोलखा समाज जापानको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
टोकियोको ओमरीमा शनिबार सम्पन्न दोलखा समाज जापानको तेस्रो अधिवेशनबाट महेश खड्का सर्वसहमतिमा अध्यक्ष निर्वाचित भएका छन् ।
दोलखा समाज जापानको तेस्रो अधिवेशन वरिष्ठ उपाध्यक्षमा संजीव पोखरेल, उपाध्यक्षमा रोशन थापा, महासचिवमा शैलेश खड्का, कोषाध्यक्षमा माधव खड्का चयन भएका छन् ।
त्यस्तै, समाजको सदस्यहरुमा मनोज श्रेष्ठ, विनय गुरुङ, किरण पोखरेल, दुर्गा तामाङ, श्रीबहादुर खड्का र नारायण खड्का चयन भएका छन् ।
शनिबार सम्पन्न दोलखा समाज जापानको तेस्रो अधिवेशनबाट संस्थाको संरक्षकमा निवर्तमान अध्यक्षमा नवराज थापा र सल्लाहकारहरुमा गिरबहादुर तामाङ, लोकराज चौलगाईं, कुलबिन्द्र फुयाल, रत्न लामा, महेन्द्र राउत, नवराज सुवेदी सर्वसहमति चयन गरेका छन् ।
दोलखालीहरुलाई एकत्रित गर्दै जापानमा हुने सामान्य समस्याहरुलाई समाधान गरेर भातृत्व प्रेमका साथ अगाडि बढिरहेको दोलखा समाज जापानले आगामी दिनहरुमा जापानमा क्रमिक रुपमा बढ्दै गएको दोलखालीहरुको जनसंख्याको डाटा संकलन गरी सामाजिक सहयोगको भावनाका साथ अघि बढ्ने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया