नेपाल पत्रकार महासंघ युरोप शाखा गठन

नेपाल पत्रकार महासंघ युरोप शाखा गठन



शाखाको इतिहासमा पहिलोपटक महिला नेतृत्व

  • सनत आचार्य, बेल्जियम

नेपाल पत्रकार महासंघ युरोप शाखाको शनिबार (अप्रिल ३) सम्पन्न अधिवेशनले सरस्वती कार्की (डेनमार्क) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्की सर्वसम्मत रूपमा शाखाध्यक्षा चयन भएकी हुन् ।

समितिमा उपाध्यक्षद्वयमा क्रमशः लक्ष्मण देवकोटा (स्विजरल्याण्ड) र टेक गिरी (नर्वे), सचिवमा अनुराधा पौडेल (फ्रान्स) लाई चयन गरेको छ ।

यसैगरी अधिवेशनले सहसचिवमा भोला लामिछाने (स्पेन) र कोषाध्यक्षमा ल्हाक्पा तेन्जी लामा (रोमानिया) लाई छनौट गरेको छ ।

सदस्यहरूमा क्रमशः वसन्त रानाभाट (स्पेन), हिरालाल श्रेष्ठ (स्विजरल्याण्ड), बिष्णु शर्मा पौडेल (डेनमार्क), दिपक धिताल (जर्मनी) र सरोज ढुंगाना (नर्वे) लाई चयन भएका छन् ।

अधिवेशनले शाखाको सल्लाहकारमा युरोप शाखाका पूर्वअध्यक्ष महेश थापा र पूर्व वरिष्ठ उपाध्यक्ष डिल्ली अम्माईलाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष कार्की विगत लामो समयदेखि नेपाल र डेनमार्कमा रही पत्रकारिता गर्दै आएकी वरिष्ठ सञ्चारकर्मीको रूपमा परिचित छिन् भने युरोप शाखाको संस्थापक सदस्य पनि हुन् । त्यस्तै कार्की युरोप शाखा स्थापना भएको करिव १० वर्षको अन्तरालपछि चौथो महाधिबेशनबाट अध्यक्ष बन्ने पहिलो महिला पनि हुन् ।

यसैगरी नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले सपथ गराएका थिए ।