भारतमा एकै दिन एक लाख व्यक्तिमा कोरोना सङ्क्रमण

भारतमा एकै दिन एक लाख व्यक्तिमा कोरोना सङ्क्रमण


भारतमा कोरोना सङ्क्रमण उकासिएको छ । बितेको २४ घण्टामा एक लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । एकैदिन यति धेरै सङ्ख्यामा सङ्क्रमित दर्ता गरिएको भारतमा यो पहिलो पटक हो ।

बताइएअनुसार बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण ४७८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोकाका कारण मृत्यु हुनेको सङ्ख्या १,६५,१०१ पुगेको छ ।

यसै क्रममा भारतको महाराष्ट्रमा आगामी शुक्रबारसम्मको लागि लकडाउन जारी गरिएको छ । बिहान सातदेखि बेलुका आठ बजेसम्म घरबाट निस्कन कडाइ गरिएको बीबीसीले जनाएको छ ।