नेपाल र्याफ्टिङ्ग एण्ड क्यानोइङ्ग संघको आयोजनमा नवौँ राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसीप हुने भएको छ । प्रतियोगिताको आयोजना आउँदो बैशाख ७ र ८ हुने संघले जानकारी गराएको छ ।
कोरोना महामारीका कारण गत वर्षदेखि खोलामा आयोजना हुने प्रतियोगिता आयोजना हुन सकेका छैनन् । यसैलाई आत्मसात गर्दै पुनः खोला सम्म प्रतियोगिता र गतिविधि संचालन गर्न लागिएको सम्वन्धित निकायले जानकारी गराएको छ ।
नेपाल एसोशियसन अफ र्याफ्टिङ एजेन्सीज र हिमालयन रिभर गाईड एसोशियसन तथा नेपाल र्याफ्टिङ तथा क्यानोइइङ संघको अफिसियलहरूको संयुक्त बैठकले सुस्ताएको खोलाको खेलको गतिबिधिलाई अगाडि बढाउनु पर्ने निर्णय गर्दै च्याम्पियनसीप आयोजना गर्न लागिएको नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीप गौतमले जानकारी गराए ।
च्याम्पियनसीप त्रिसुली खोलामा आयोजना हुने छ । जसका लागि आयोजकले टिम दर्ताको लागि आह्वान समेत गरेको जानकारी गराएको छ ।
प्रतिक्रिया