संसदमा प्रचण्डमाथि महेश बस्नेतले चलाए ब्यंग्य बाण !

संसदमा प्रचण्डमाथि महेश बस्नेतले चलाए ब्यंग्य बाण !


प्रतिगमन भयो भनी चिच्याएँ, सेटिङको हल्ला चलाएँ

सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका नेता महेश बस्नेतले कवितात्मक शैलीमा आफ्ना भनाइ राखेका छन् । आफ्नो भाषणमा उनले माआोवादी केन्द्रका अध्यक्ष प्रचण्डको रवैयाप्रति तीखो ब्यंग्य प्रहार गरे । लिखित भाषणमार्फत् बस्नेतले प्रचण्डमाथि व्यङ्ग्य गर्दै यस्तो अभिव्यक्ति दिए-

चुनाव अगाडि गठबन्धन बनाएँ
चुनाव जितेपछि एकीकरण गराएँ
सरकार बनाउँदा आधा कार्यकाल मागेँ
कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडेँ
कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ
संसद विघटन गरेर परिवर्तनको घोषणा गरी-
निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा पर्‍यो भनेर कराएँ
प्रतिगमन भयो भनेर चिच्याएँ
आन्दोलन गराएँ
मिसन मिडिया चलाएँ
वकिल नागरिक समाज उचालेँ ।
अदालत गुहारेँ
निर्वाचन आयोग धाएँ
माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ
सेटिङको हल्ला चलाएँ
संसदीय दलको नेता बनेँ,
अध्यक्ष घोषणा गरेँ
११ गतेको फैसलाले मख्ख परेँ,
लड्डु खाएँ, अबीर दलेँ
कांग्रेस र जसपाको अफिस धाएँ
नागरिक समाजको डबली धाएँ
२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ
विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ
अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ
नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ
प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन
अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ
नैतिकताका आधारमा राजीनामा दिनैपर्छ
लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने
प्रधानमन्त्रीको सीट खाली छ,
केपी ओलीका अगाडि मेरो केही लागेन
जसपा मानेन
कांग्रेस जागेन !